कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कोल्हुवा खानेपानी स्थित कुमारवर्ती माध्यमिक विद्यालयमा मतदान जारी छ ।
मतदान विहान १० बजेदेखि सुरु भएकोमा २ बजेसम्म ४ घण्टामा ६ सय १६ मत खसेको छ । खानेपानी चुनावमा ११ पदका लागि ३१ जना प्रतिस्पर्धामा छन् ।
यसमध्ये अध्यक्ष पदका उम्मेदवार सरस्वती पन्थी,नारायण पौडेल र कुम नारायण महतो थारुको प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
नयाँ कार्य समिति चयनको लागि आज हुँदै गरेको चुनाव शान्तिपूर्ण र मर्यादित ढङ्गले संञ्चालन भइरहेको निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभयो। विहान १० बजेदेखि सुरु भएको मतदान बेलुकी ४ बजेसम्म चल्ने उहाँले बताउनुभयो । खानेपानीको कुल मतदाता संख्या १५ सय ३८ रहेकोे छ ।