कोल्हुवा । कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप प्रतियोगितामा आज मंगलवार एपीएफ र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।
मध्यविन्दु नगरपालिका – २ स्थित राइनो रंगशालामा दिउँसो ३ बजे प्रतियोगिता हुनेछ । प्रतियोगितामा १२ वटा टिम सहभागी छन् ।
ए डिभिजन, बिभागीय टिमहरुको समेत सहभागिता रहेको यो खेलमा पहिलो र दोश्रो हुने टिमले ८ लाख र ४ लाख नगद पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै हिजो भएको खेलमा लुम्बिनी प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै नवलपुरकै क्लब अठ्ठाईस विगाहा कावासोतीले अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।