कोल्हुवा । कोल्हुवा रंगशालामा चालु ६औँ राइनो संरक्षण गोल्डकपको आजको खेल काठमाण्डौको मछिन्द्र फुटबल क्लब र गण्डकी प्रदेशबीच हुने भएको छ । आजको तेस्रो क्वाटर फाइनलमा यी दुई टिम बीच प्रतिस्पर्धा हुने भएको हो ।
मध्यविन्दु नगरपालिका – २ कोल्हुवा स्थित राइनो रंगशालामा दिउँसो ३ बजे प्रतियोगिता हुनेछ । प्रतियोगितामा १२ वटा टिम सहभागी छन् ।
बिहीबार भएको क्वार्टरफाइनलको खेलमा एपीएफलाई २–० ले हराउँदै पुलिस अन्तिम ४ मा प्रवेश गरेको छ । तनावपूवर्ण खेलमा दुवै टिमले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए ।
आयोजक क्लबका अध्यक्ष दोमन भण्डारीले राइनो कपको बिजेताले ८ लाख नगद र द्वितीय टिमले ४ लाख नगद पुरस्कार पाउने जानकारी दिए । एक सिंगे गैडा जोगाउने नाराका साथ सुरु भएको राइनो कप २०६ं२ सालदेखि संचालन हुँदै आएको छ ।