कोल्हुवा । प्रकृति कृषि सहकारी संस्था लिमिटेड पतवारीको चौथो अधिवेशन बुधबार सम्पन्न भएको छ ।
अधिवेशनले आगामी पाँच वर्षका लागि बिष्णु प्रसाद काफ्लेको नेतृत्वमा १३ सदस्यीय संचालक समिति सर्वसहमत चयन गरेको हो ।
नवनिर्वाचित संचालक समितिको उपाध्यक्षमा दान बहादुर केसी, सचिवमा ओम प्रकास पाठक र कोषाध्यक्षमा नेत्रकला न्यौपाने चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा शिवजी थापा, कृष्ण प्रसाद अर्याल, नारायण प्रसाद सिग्देल, बिमला घिमिरे ,दुर्गा प्रसाद पराजुली र खिम बहादुर जिसी चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै ३ सदस्यीय लेखा सुपरिक्षवेक्षण समितिको संयोजकमा टोप बहादुर चन्द बोहोरा र जगजिवन मण्डल हिम बहादुर केसी चयन हुनुभएको छ ।
मध्यबिन्दु – १ पतवारीमा स्थापना भएको प्राकृतिक कृषि सहकारी संस्थाले किसानको जीवनस्तर उकास्न सहज होस् भन्दै विगत २०६९ साल देखि विविध सेवा दिँदै आएको छ । संस्थाले सुरुमा दुध डेरी स्थापना गरी कुटानी पिसानीको सेवा संगसगै,अहिले दाना समेत यही संस्थामा उत्पादन हुदै आएको छ ।