कावासोती । नवलपुरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
खेतमा सिंचाइका लागि बोरिङ चलाउँदा कावासोतीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती नगरपालिका वडा नम्बर – १४ टाँडी निवासी मिना गुरौको करेन्ट लगेर उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
खेतमा सिंचाइका लागि बोरिङ चलाउँदा उनलाई करेन्ट लागेको हो । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।