चोरमारा । मध्यविन्दु नगरपालिकाले चैत ११ गते आइतबार सबै नियमित कार्यालयहरु सञ्चालन हुने भएको छ ।
जिल्लामा चैत्र १२ गते फागुपूर्णिको विदा भएको हुँदा चैत्र ११ गते नियमित कार्यालय सञ्चालन हुने मध्यविन्दु नगरपालिकाले जनाएको छ ।
स्थानीय सरकारको रुपमा रहेको मध्यविन्दु नगरपालिकाले सोमबार मात्र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले सार्वजनिक सुचना जारी गरी सोमबार तराईमा होली पर्व मनाउने भएकोले उक्त दिन विदा दिने निर्णय गरिएको जनाएको छ । सामान्यतया होली पहाडी क्षेत्रमा चैत ११ गते आइतबार र तराईमा चैत १२ गते सोमबार मनाईने गरिन्छ ।