कावासोती । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको देवचुली नगरपालिका १६ टागिकोट स्थित भित्री सडक खण्डमा रजहरबाट फारमतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक देवचुली २ दुम्कौली बस्ने २४ वर्षीय जोन महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको देवचुली नगर अस्पताल दुम्कौलीमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।