कावासोती । नवलपुरको कावासोतीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् ।
कावासोती नगरपालिका वार्ड नं १४ कोटटाँडी निवासी ३७ बर्षीया महिला राधा महतोलाई सर्पले टोकेको हो ।
सोमबार बिहान ११:३० बजे घरनजिकै आफ्नै खेतमा धानमा पानी लगाउन जाने क्रममा सर्पले दाहिने खुट्टामा टोकेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । विरामीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।