कावासोती । कावासोतीमा झ्याल बनाउन राखेको काठले च्यापिँदा आठ वर्षिय बालकको मृत्यु भएको छ ।
कावासोती नगरपालिका ३ स्थित गणेशटोलमा घरभित्र ठड्याएर राखिएको काठको झ्यालको चौकस ढलि च्यापिँदा घाईते भएका इशान गेलानको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादु पौडेलका अनुसार स्थानीय विनिता भट्टराईको निर्माणधिन घर भित्र खेल्ने क्रममा विष्णुमाया गेलानको छोरा ८ वर्षका ईशान गेलान गम्भिर घाइते भई उपचारको लागि भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान कार्यभई रहेको प्रहरीले जनाएको छ ।