कावासोती । नवलपुरको मध्यविन्दुमा धानको ब्याडमा बीउ छर्ने गएका १३ वर्षीय बालकलाई गोहिले आक्रमण गर्दा घाइते भएका छ्न ।
मध्यविन्द – १५ प्रसौनीका १३ वर्षीय आयुष थारुलाई धानको ब्याडमा बीउ छर्ने क्रममा गोहीले आक्रमण गरेको हो ।
घाईते भएका थारुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सामान्य रहेको नवलपुर प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो मध्यविन्दु नगरपालिका वडा नं: ६ भण्डारा निवासी ४६ वर्षीय खोरबहादुर थारूलाई भैंसी चराउने क्रममा गोहीले आक्रमण गरेको थियो । मध्यबिन्दुमा गोहीको आक्रमणबाट दुई दिनमा दुईजना घाइते भएका छन्।