२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा सवारी दुर्घटना दुईजना घाइते

२०८१ जेष्ठ १९, शनिबार प्रकाशित ( महिना अघि) २९७१ पाठक संख्या

चोरमारा । मध्यविन्दुमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।  मध्यविन्दु – ७ अम्रसा स्थीत मोटरसाईकले नियन्त्रण घुमाएर सालको रुखमा ठोकिँदा श्रीमान श्रीमती घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो २:३५ बजे अम्रसा स्थित भित्री सडकमा चोमाराबाट मैनाघाट तर्फ जाँदै गरेको लु ४४ प ६९३९ नम्बरको मोटरसाइकल सालको रुखमा ठोकिँदा २ जना घाईते भएका छन् ।

दुर्घटनामा परी मोटरसाईकल चालक मध्यविन्दु – १३ बस्ने बर्ष  ३३ को मिलन खाँड ठकुरी र मोटर पछाडि सवार गर्ने निजको श्रीमती ३१ वर्षीय देवी ठकुरी घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते दुवै जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात् थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीको भनाई छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%२१%

प्रतिक्रिया दिनुहोस