२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुर प्रहरीद्धारा नारायणी नदी दोहनमा प्रयोग भएका टिप्पर नियन्त्रणमा

२०८१ जेष्ठ २१, सोमबार प्रकाशित ( महिना अघि) ८४० पाठक संख्या

कावासोती । अवैध तरिकाले नदीजन्य सामग्री उत्खनन गरेको भन्दै पूर्वी नवलपरासीको गैंडाकोटबाट प्रहरीले ७ वटा टिपर नियन्त्रणमा लिएको छ ।

नारायणी नदीबाट उत्खनन गरेको र बिना बिल भरपाई सामग्री ओसारपसार गरेको भन्दै टिपर नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी वेदबहादुर पौडेलका अनुसार नियन्त्रणमा लिएका सवारी प्र.२–०३–००१ क ००७३, प्र. २–००३ क ००८०, लु २ ख ४५१४, ना ८ ख ३३९२, ना ८ ख ३८५०, बा.प्र. ०३–००१ क १९१ र भे १ क २६६५ नम्बरका छन् ।

नियन्त्रणमा लिएका टिपरहरुलाई गैंडाकोट नगरपालिकाको जिम्मा लगाइएको छ । नगरपालिकाले जरिवाना रकम लिने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस