२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा विपद् सहायता कक्ष स्थापना

२०८१ जेष्ठ ३०, बुधबार प्रकाशित ( महिना अघि) ४४२ पाठक संख्या

कावासोती । मनसुन आउने समय नजिकिँदै गर्दा नवलपुरमा विपद् सहायक कक्ष स्थापना भएको छ ।

जिल्लामा मंगलबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको संयोजकत्वमा सरोकारवाला सहितको विपद्‌ सहायता कक्ष स्थापना गरिएको हो ।

सदस्यमा जिल्ला रेडक्रस सोसाइटी, नागरिक समाज, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रतिनिधिहरु सदस्य रहने छन् ।

गृह मन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य महाशाखाले दिएको परिपत्र अनुसार मनसुनजन्य प्रकोप आउन अगाडि तयारी अवस्थामा रहन र जनधनको क्षतिको संरक्षण गर्न अपनाउनुपर्ने विधिका विषयमा सर्तक रहन अनुरोध गरेको थियो ।

वर्षायामसँगै नवलपुरमा बर्सेनि विपद्का घटनाहरु हुँदै आएकोले त्यसैलाई मध्यनजर गर्दै पूर्व तयारीका लागि सबैलाई सचेत गराउन समिति गठन गरिएको हो ।

विपद् समितिसँग छलफल गरेर अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । विपद्बाट कसरी बच्ने र भैपरी आउने घटनामा सामग्री वितरण प्रणाली प्रभावकारी गराउने सम्बन्धमा सरोकारवालाबीच छलफल गरेर योजना तयार पार्ने जनाइएको छ । जिल्लामा बाढी पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा सहायता सामग्री र उद्धारका लागि सुरक्षाकर्मीलाई २४ सै घन्टा तैनाथ गरिने छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस