२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा ट्रक बिग्रिदा यातायात सेवा अवरुद्ध

२०८१ जेष्ठ ३०, बुधबार प्रकाशित ( महिना अघि) ३३९ पाठक संख्या

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत पुर्ब नवलपरासीको दाउन्नेमा ट्रक बिग्रिदा यातायात सेवा ठप्प भएको छ ।

दाउन्ने बजारको साँघुरो पुलमा मालवाहक ट्रक बिग्रिएर रोकिएका कारण यातायात अवरुद्ध भएको छ ।

दाउन्ने बजारदेखि २ सय मिटर पूर्वको पुलमा गाडी बिग्रिएका कारण राजमार्ग अवरुद्ध हुँदा सयौँ गाडी र यात्रु रोकिएका छन् ।

एक्स्काभेटरले गाडीलाई हटाएर यातायात सञ्चालन गर्न पहल भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस