२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा करेन्ट लागेर एकजना घाइते

२०८१ जेष्ठ ३०, बुधबार प्रकाशित ( महिना अघि) ४२८ पाठक संख्या

चोरमारा । नवलपुरमा करेन्ट लागेर एक जना घाइते भएका छन् ।

घाईते हुनेमा विनयी त्रिवेणी गाउँपालिका – ५ लालेटोल निबासी १६ वर्षीय निस्ति ठाडा मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मंगलवार दिउँसो घर नजिकै रहेको विनयी खोलामा गाईबाख्रा चराउने क्रममा हावाहुरीको कारण भुईमा लत्रिएको बिजुलीको तारमा छोईन गई करेन्ट लागेर गम्भिर घाइते भएकी थिइन् ।

घाइते मगरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार पश्चात थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस