२०८२ बैशाख ८, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा माटोले पुरिएर घाइते भएकी अर्की महिलाको पनि मृत्यु

२०८१ जेष्ठ ३१, बिहिबार प्रकाशित (0 महिना अघि) ३१३९ पाठक संख्या

कावासोती । कावासोतीमा ड्रेन निर्माणका लागि खाल्डो खन्दै गर्दा माटोले पुरिएर घाइतेको भएकी चमेली दर्लामी मगरको पनि मृत्यु भएको छ।

यसअघि माटोले पुरिएका दुई जना मजदुरको मृत्यु भएको थियो। फलफूल चोकदेखि पूर्वतिर ड्रेन निर्माणका लागि काम गरिरहेका मजदुरहरू माटोले पुरिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदबहादुर पौडेलका अनुसार गम्भीर घाइते अवस्थामा उद्धार गरिएका तानमाया गाहा मगर र सोती रानाको जिल्ला अस्पताल डण्डा पुर्‍याएपछि मृत्यु भएको हो।

चमेलीलाई खोज्न भने समय लागेको थियो। जिल्ला अस्पताल डण्डामा उपचार भइरहँदा उनको पनि मृत्यु भएको डिएसपी पौडेलले जानकारी दिए। उनीहरू तीनै जना कावासोतीकै हुन्। घटना बिहीबार साँझ साढे ६ बजेतिर भएको हो।

कावासोती नगरपालिकाले पूर्व–पश्चिम महेन्द्रराजमार्गदेखि उत्तरतर्फ पानीको निकासको लागि करिब ४ मिटर गहिरो ड्रेन बनाउँदै थियो। राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले पर्याप्त सावधानी नअपनाएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%३२%५%

प्रतिक्रिया दिनुहोस