२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा ६ जनालाई घाइते बनाएको चितुवा गाउँलेको प्रतिकारमा मर्‍यो

२०८१ अषाढ ७, बिहिबार प्रकाशित ( महिना अघि) ५६९ पाठक संख्या

नारायण शर्मा 

चोरमारा । मध्यविन्दु नगरपालिका – ८ रानीटारस्थित देवकोटा चोकमा स्थानीय बासिन्दालाई झम्टिँदा गाउँलेले प्रतिकार गर्दा चितुवा मरेको छ । चितुवाको आक्रमणमा ६ जना स्थानीय बासिन्दा घाइतेसमेत भएका छन् ।

गएराति एउटा घरभित्र उक्त चितुवा छिरेको थियो । घरबाट निस्कँदा बाहिर भेला भएका गाउँलेलाई आक्रमण गरेको चितुवा खेतमा बसेको थियो ।

स्थानीय धनप्रसाद पाण्डेका अनुसार देवकोटा चोकको एक घरमा चितुवा पसेको हो । जिल्ला प्रहरी, वन कार्यालयमा चितुवाले आतंक मच्चाएको बारेमा जानकारी गराएको ६ घण्टासम्म पनि उद्धारका लागि कोही नआएपछि गाउँलेले लठ्ठी र ढुंगाले हानेर चितुवा भगाउन खोजेको स्थानीयले जानकारी दिएका छन् ।

त्यसको केही समयपछि चितुवा मरेको गाउँलेले बताएका छन् । चितुवाले ६ जनालाई घाइते बनायो भन्ने सुनेको छु, डिभिजन वन कार्यालयका प्रमुख वसन्त अधिकारीले भने अहिले गाउँलेले नै हानेर मारेछन् भन्ने खबर पाए । त्यहाँ उद्धारको टोली जाँदै थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस