२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाको बजेट १ अर्ब ७ करोड, शिक्षा र स्वास्थ्यमा जोड

२०८१ अषाढ ११, सोमबार प्रकाशित ( महिना अघि) ३३० पाठक संख्या

 नगरपालिकाले “अर्गानिक मध्यविन्दु अभियान” सञ्चालन गर्ने

मध्यविन्दु । नवलपुरको चोरमारामा रहेको मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

नगरले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७ करोड २७ लाखको बजेट सार्वजनिक गरेको हो । नगर प्रमुख भीमलाल अधिकारीले नीति तथा कार्यक्रम र नगर उपप्रमुख पूर्णकला चौधरीले बजेट प्रस्तुत गर्नुभएको थियो ।

नगर प्रमुख भीमलाल अधिकारीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिका अगाडि बढेको बताउनुभयो । साथै पालिकाले अर्गानिक मध्यविन्दु अभियानलाई पनि महत्व दिएको छ । ह्रास हुँदै गइरहेको माटोको उर्वरा शक्ति जोगाउन खेती प्रणालीमा जैविक विषादी र जैविक मल प्रयोग गर्ने गरि “अर्गानिक मध्यविन्दु अभियान” सञ्चालन गरिने नगर प्रमुख अधिकारीले बताउनुभयो ।

FB_IMG_1719177818019

१५औँ नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख पूर्णकला चौधरीले आगामी वर्षका लागि आन्तरिक श्रोतबाट २८ करोड १७ लाख ११ हजार, संघीय सरकारको समानीकरण अनुदानबाट १५ करोड २५ लाख, संघीय राजश्व बाँडफाँडबाट १४ करोड ३० लाख, संघीय ससर्त अनुदानबाट ३९ करोड ८३ लाख ६८ हजार प्राप्त हुने प्रक्षेपण गरेको नगरउपप्रमुख पूर्णकला चौधरीले जानकारी दिनुभयो ।

FB_IMG_1719178601950

यस्तै, उपप्रमुख चौधरीले प्रदेश राजश्व बाँडफाँटबाट १ करोड ६० लाख ४९ हजार प्रदेश समपूरक अनुदानबाट १ करोड र जनसहभागिताबाट एक करोड आय प्राप्त हुने प्रक्षेपण गरिएको उल्लेख गर्नुभयो । बजेट प्रस्तुत गर्दै उपमेयर चौधरीले नगरपालिकाको बजेटले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

नगरपालिकाभित्र शिक्षा विकासका लागि भनेर ३१ करोड ५२ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ । मध्यविन्दु नगरपालिकाले शिक्षा क्षेत्रमा सुरुआत गरेको नवीनतम कार्य “हाम्रो खुसी” पाठ्यक्रम सञ्चालनका लागि २४ लाख ७४ हजार विनियोजन गरेको हो । स्वास्थ्य क्षेत्रका लागि १२ करोड १४ लाख २२ हजार बजेट विनियोजन गरेको छ ।

FB_IMG_1719178586270

त्यस्तै , मध्यविन्दु नगरपालिकाले चालु आर्थिक वर्षको असार ८ गतेसम्म आय ८० करोड, ६ लाख ८२ हजार रहेकोमा हालसम्मको कुल रकममध्ये ६१ करोड १० लाख ७१ हजार खर्च गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%

प्रतिक्रिया दिनुहोस