२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कावासोती नगरपालिकाको बजेट सबैभन्दा धेरै १ अर्ब १९ करोड

२०८१ अषाढ ११, सोमबार प्रकाशित ( महिना अघि) ३१५ पाठक संख्या

कावासोती । कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १९ करोड ९२ लाख बजेट ल्याएको छ ।

कावासोती नगरपालिकाले नवलपुरमा सबैभन्दा बढी १ अर्व १९ करोड ९२ लाखको अनुमानित बजेट विनियोजन गरेको छ । विनियोजित रकममध्ये आन्तरिक श्रोतबाट ८ करोड १० लाख, नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान १७ करोड २० लाख, संघीय सरबारबाट राजश्व स्वरुप १३ करोड ४६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै संघीय सरकारबाट ससर्त अनुदान स्वरुप ६६ करोड २२ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण २ करोड ३८ लाख, सवारी साधन कर प्रदेश सरकारबाट २ करोड ३८ लाख, घर जग्गा रजिष्ट्रेशनबा ६ करोड, विज्ञापन करबाट ६ लाख र नदीजन्य पदार्थ विक्रिबाट ३ करोड ६१ लाख प्राप्त हुने अनुमान गरिएको नगर उपप्रमुख फूलकुमारी थनेतले जानकारी दिइन् ।

बजेट मध्य पुर्वाधार विकासमा ६ करोड ३० लाख, सामाजिक विकासमा ४ करोड, आर्थिक विकासमा १ करोड, सुसासन तथा वित्तीय विकासमा २० लाख, वातावरण तथा विपदमा ४० लाख र वडा कार्यालयको समग्र विकासमा १२ करोड ५५ लाख छुट्टाइएको उपप्रमुख थनेतले बताईन ।

त्यस्तै , गैँडाकोट नगरपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब १ करोड ६७ लाख ९९ हजार विनियोजन गरेको छ । भने , देवचुली नगरपालिकाले सबै भन्दा थोरै ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यता मध्यविन्दु नगरपालिकाले १ अर्व ७ करोड २७ लाख ७९ हजारको बजेट प्रस्ताव गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस