२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा सवारी दुर्घटना: दुईजना घाइते

२०८१ अषाढ ११, सोमबार प्रकाशित ( महिना अघि) ९०० पाठक संख्या

चोरमारा । नवलपुरको मध्यबिन्दुमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री घाइते भएका छन ।

मध्यविन्दु – ७ अम्रसा स्थित भित्री सडक खण्डमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन् । चोरमाराबाट बसन्तपुर तर्फ जादै गरेको ना ४४ प ४५६९ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा साइकल यात्री मध्यविन्दु – ७ अम्रसा बस्ने ३० वर्षीय फुलमाया मल्ल र निजको छोरा ३ बर्षका सूर्य बहादुर मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%७%१%

प्रतिक्रिया दिनुहोस