२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जीप र बस ठक्कर खाँदा ६ जना घाइते

२०८१ अषाढ ११, सोमबार प्रकाशित ( महिना अघि) ७२७ पाठक संख्या

कावासोती । नवलपुरको देवचुलीमा जिप र बस एकआपसमा ठक्कर खाँदा छ जना घाइते भएका छन् ।

देवचुली १६ रजहरको क्याम्पस चोक अगाडि गुडिरहेको बसलाई जिपले पछाडिबाट ठक्कर दिँदा ६ जना घाईते भएका हुन् ।

कावासोतीबाट चितवन तर्फ जाँदै गरेको बसमा सोही दिशा तर्फ जाँदै गरेको बोलेरो जिप बसको पछाडी ठोक्किदा दुर्घटना परी ६ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाईते हुनेहरुमा देवचुली १७ बस्ने धन माया सुनारी, प्रितिमाया सोमै, हरिमाया पुलामी, सुकमाया रेश्मी, निमा गुरुङ र मनकुमारी बाँचे रहेका छ्न । घाइतेहरुको देवचुली नगर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस