२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा रुखबाट लडेर एक पुरुष गम्भीर घाईते

२०८१ अषाढ २२, शुक्रबार प्रकाशित ( महिना अघि) १५३६ पाठक संख्या

कावासोती । नवलपुरमा रुखबाट लडेर एक पुरुष गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको गैंडाकोट – १७ अमरापुरी बस्ने ४५ वर्षीय बिष्णु प्रसाद कंडेल गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आज ( शुक्रबार  ) दिउँसो २:३० बजेको समयमा गैंडाकोट – ९ थुम्सी स्थित हनुमान मन्दिर परिसरमा रहेको आँपको रुखबाट आँप टिप्ने क्रममा अचानक रुखबाट तल भुइँमा खस्दा उहाँ गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

घाइते कंडेलको टाउकोको पछाडीको भागमा गम्भीर चोट तथा शरीरको भित्री भागमा चोट लागेको छ । उपचारको लागि नँया मेडिकल कलेज चितवन पठाएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१४%

प्रतिक्रिया दिनुहोस