२०८१ माघ २३, बुधबार
नयाँ
पछिला अपडेट

गण्डक ब्यारेजको सबै ढोका खोलियो,उच्च सतर्कता अपनाउन अनुरोध

२०८१ अषाढ २४, आईतबार प्रकाशित ( महिना अघि) ३८३ पाठक संख्या

नवलपुर । बाढीको सतह खतराको सीमा नजिक पुगेपछि भारतले त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलेको छ ।

गण्डकमा पानीको सतह २ लाख ६० हजार क्युसेक लिटरभन्दा माथि पुगेका कारण भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुन सक्ने जोखिम कम गर्न सबै ढोका खोलिएको हो ।

प्रहरी चौकी त्रिवेणीका सई महेश रायमाझीका अनुसार पानीको सतह खतराको सीमा नजिक पुगेका कारण ढोका खोलिएको हो ।

नेपाल-भारतको सिमानामा पर्ने त्रिवेणीमा बाँध बँधेर करिब ६० वर्षअघिदेखि भारतले उत्तर प्रदेश र बिहारका साढे २ लाख हेक्टर क्षेत्रफलमा पानी लगेको छ । सिमानामा पर्ने गण्डक ब्यारेजमा पानी नियन्त्रण गर्ने जिम्मामा भारतीयको एकाधिकार छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस