नवलपरासी । नवलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका ८, गंगापुरकी ३२ वर्षीया रुना पाललाई सर्पले टोक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेको समयमा सर्पले टोकेर बेहोस भएकी पाललाई उपचारका लागि नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगिएको थियो ।
त्यहाँ उपचार हुन नसेकपछि उनलाई जिल्ला अस्पताल परासी पुर्याइएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको हो । गर्मी बढेसँगै जिल्लामा सर्पदंशका बिरामी बढेका छन् ।