२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा सर्पदंशबाट १४ वर्षीय बालकको मृत्यु

२०८१ श्रावण २, बुधबार प्रकाशित ( महिना अघि) १२८५ पाठक संख्या

मध्यविन्दु । अध्याँरोमा होस नपुर्याउँदा मध्यविन्दुमा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौंडेलका अनुसार मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका ६ भडाराका १४ वर्षीय आर्यन महतोको सर्प दंशबाट मृत्यु भएको हो ।

गएराति नौ बजेतिर आफ्नै घरमा सर्पले डसी घाइते भएका आर्यनलाई कालीगण्डकी अस्पताल कावासोती लगेकोमा थप उपचारको लागी भरतपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१३%

प्रतिक्रिया दिनुहोस