२०८१ मंसिर ९, आईतबार
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बर्दघाट नगरपालिका – १४ बस्ने २० वर्षीया सोनिया खनालको शुक्रबार मृत्यु भएको हो ।
शौचालय जानेक्रममा खुट्टामा सर्पले टोकेपछि पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याएकोमा उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।