२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

सिमलताल दुर्घटना; नवलपुरमा थप दुई यात्रुको शव भेटियो

२०८१ श्रावण ४, शुक्रबार प्रकाशित ( महिना अघि) २०४ पाठक संख्या

कावासोती । नारायणगढ मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चितवनको सिमलताल पहिरोमा परेर त्रिशूलीमा बेपत्ता बसका अर्का थप दुइटा यात्रुको पनि शव फेला परेको छ।

नवलपुरको कावासोती स्थित दिव्य सामुदायिक वनको हरियो मचाङ छेउको भङ्गालोमा एकजना महिला शव नारायणी किनारमा शुक्रबार साँझ र बिहान नारायणी नदीको भारतमा थप एक शव फेला परेको प्रहरीले जनाएको छ। शवको सनाखत भने हुन बाँकी छ । योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २४ जनाको शव भेटिएको छ। जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन्।

गत असार २८ गते विहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो। ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो। नदीमा अझै ३८ यात्रुको अवस्था अज्ञात छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस