२०८१ माघ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा विश्व आदिवासी दिवसको दिन सार्वजनिक विदा दिन माग

२०८१ श्रावण २२, मंगलबार प्रकाशित ( महिना अघि) ३१२ पाठक संख्या

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरले मंगलबार एक विज्ञप्ति जारी गरे शुक्रबार अर्थात साउन २५ गते ३० औं विश्वआदिवासी दिवसको दिन सार्वजनिक विदा दिन माग गरेको छ ।

अघिल्ला बर्षहरुमा पनि नवलपुरका विश्व आदिवासी दिवसका दिन सार्वजनिक विदा दिने प्रचलन रहेको छ । यसैबीच गैडाकोट नगरपालिका सार्वजनिक गरेको बार्षिक क्यालेन्डरमा साउन २५ गते विश्वआदिवासी दिवसका दिन सार्वजनिक विदा समेत दिएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ ( नेफिन ) ल ३० औँ विश्व आदिवासी दिवस मनाउने भएको छ ।

विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । नेफिनले यो वर्ष “संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर” भन्ने मूल नारा सहित विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको सम्मेलनमा जानकारी दिइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा यस बर्ष नवलपुरमा जिल्ला, पालिका र वडा तहमा विश्वआदिवासी दिवस विविध कार्यक्रम गरी मनाइने जनाएको छ ।

यसैसन्दर्भमा कावासोतीमा नेपाल आदिवासी जनजाति महासंघ जिल्लाको आयोजनामा आदिवासी जनजातिका अधिकारको सवालमा अन्तरक्रियादेखि शुभकामना आदानप्रदान, वृक्षारोपण लगायतका कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइने भएको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस