२०८१ आश्विन ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बसको ठक्करबाट आमा छोरी घाइते

२०८१ भाद्र ६, बिहिबार प्रकाशित ( हफ्ता अघि) १२१३ पाठक संख्या

कावासोती । नवलपुरको  गैँडाकोट नगरपालिका वडा नम्बर ८ स्थित भित्रि सडकखण्डमा आज दिउँसो १ बजे भएको दुर्घटनामा आमा छोरी घाइते भएका छन् ।

नारायणगढबाट यात्रु लिएर कावासोतीतर्फ जाँदै गरेको ना ७ ख १५७१ नम्बरको सिटी बसले लु ९४ प ३७११ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

घाइते हुनेमा गैँडाकोट नगरपालिका वडा नम्बर ५ बस्ने ४२ वर्षिया रिता कँडेल र उहाँकी १९ वर्षिया छोरी संजिता कँडेल रहेका छन्। उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

बसका चालक अनुज नेपाली र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%

प्रतिक्रिया दिनुहोस