२०८१ मंसिर ८, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा प्रहरीको नमूना पेट्रोल पम्प

२०८१ भाद्र ७, शुक्रबार प्रकाशित ( महिना अघि) ३२७ पाठक संख्या

कावासोती । नेपाल प्रहरीले कावासोतीमा निर्माण शुरु गर्ने नमूना पेट्रोल पम्पको शुक्रवार शिलान्यास गरिएको छ ।

प्रहरी कल्याणकोषको ११ करोड लगानीमा निर्माण शुरु हुने पम्पको प्रहरी अतिरिक्त महानिरिक्षक टेकप्रसाद राइले शुक्रवार एक समारोह बिच शिलान्यास गरेका छन । प्रहरीले यो पम्पलाई देशकै नमूना पम्प भनेको छ।

जिल्ला प्रहरी कार्यालय कावासोतीको अघिल्तिर प्रहरीले पम्प निर्माण शुरु भएको हो । एक वर्षभित्र निर्माण सम्पन्न भैसक्ने यो पम्लाई प्रहरीले देशकै नमुना भनेको छ ।

प्रहरीको नाममा महेन्द्रराजमार्गमा रहेको २२ कठठा जग्गामा यो पम्प निर्माण हुदै छ । देशकै नमूना भनिएको यो पम्पमा इभि चार्जिंग स्टेशन , गाडि ग्यारेज , क्याफि शप र करिब ६ कठठामा सुन्दर बगैचा समेत निर्माण हुने जानकारी दिइयो ।

पम्पको शिलान्यास पछि बोल्दै प्रमुख अतिथी राइले प्रहरीले संचालन गर्ने पम्प अत्यावस्यकिय सेवा अन्तरगतको काम भएको र यहावाट गुणस्तरिय इन्धन सधै उपलब्ध हुने जानकारी दिए । सहज अबस्थामा जस्ले पनि इन्धन बिक्रि गर्छ यो प्रहरीको पम्पमा असहज अबस्थामा ( भविश्यसमा सम्भावित नेपाल भारत नाकाबन्दीको समयमा समेत ) समेत इन्धन उपलब्ध हुन्छ राइले भने यस्को मुनाफा कल्याणकोषमा जान्छ ।

उनले पम्प स्थापना गर्न कावासोतीका युवा सुरजगुरुंगले धेरै पटक आफुहरुलाई झक्झक्याएका कारण यति चाडै यहा काम शुरु भएको जानकारी दिए । सुरजजीले पटक पटक हामीलाई भेटेर गुणस्तरीय पम्प निर्माण गर्न झक्झक्याउनु भएको हो राइले भने ।

प्रहरीले यहा निर्माण गर्ने पम्पमा ६ वटा इभि चार्जिंग स्टेशन ( बिद्युतिय गाडि समेत चार्ज गर्ने ठाउ ) समेत रहने छ । आधुनिक सुन्दर बगैचा सहितको यो पम्प एक वर्षभित्र निर्मँण सम्पन्न गरेर संचालनमा ल्याउने बताइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस