२०८१ मंसिर ८, शनिबार
नवलपरासी – नवलपरासीमा चट्याङले एक जनाको ज्यान लियो छ ।
जिल्लाको रामग्राम नगरपालिका वडा नं १४ पर्सावलमा आइतवार बिहान चट्याङ लागेर ३५ वर्षीय ठाकुरनाथ कुवारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, बिहान पानी परिरहेको बेला खेतमा काम गरिरहेका कुवारलाई चट्याङ लागेपछि उनलाई तत्काल उपचारका लागि देवदह मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।