२०८१ आश्विन ३, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा सवारी दुर्घटना, तीन जना घाइते

२०८१ भाद्र २८, शुक्रबार प्रकाशित ( दिन अघि) १६७३ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा हिजो भएको सडक दुर्घटनामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर तीन जना घाइते भएका छन्।

कावासोती – १६ डण्डा स्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, हिजो बिहान ११ः०० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ३० प ८७५२ नम्बरको मोटरसाइकल र सोहि दिशाबाट आईरहेको ना ५६ प ८०७७ नम्बरको स्कुटर आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष १८ का सोम बहादुर परियार, स्कुटर चालक मध्यबिन्दु – ५ बस्ने बर्ष २४ की रञ्जु महतो र स्कुटर पछाडि बस्ने बर्ष ३१ की गंगा खत्री घाइते भएका छन् । घाइतेहरुको हाल मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%९%

प्रतिक्रिया दिनुहोस