२०८१ आश्विन ३, बिहिबार
नयाँ
पछिला अपडेट

पन्ध्रौँ साधारण सभा सम्पन्न

२०८१ आश्विन १, मंगलबार प्रकाशित ( दिन अघि) १२९ पाठक संख्या

काठमाडौं । महिलाको श्रम शरीर र पहिचानको मान्यता स्थापित, सामन्ती पुँजीवादी पितृसत्तात्मक सोच लाइ गरौँ विस्थापित भन्ने मूल नाराको साथ महिलाको निम्ति महिला मञ्च नेपालको १५ औ साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगकी सदस्य मिना देवी सोब ले, श्रमिकहरूलाई आफूले गर्ने कामको सबै जानकारी लिएर मात्रै काम गर्न अनुरोध गर्नु भयो । साथै दोहरी साझ, डान्सबार, क्याबिन खाजाघर र मसाजमा काम गर्दा महिलाहरू सुरक्षित नभएको बताउँदै “कामको सम्मानको भावना सबै भित्र आउनु आवश्यक रहेको ”जिकिर गर्नु भयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मानव बेचविखन अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक प्रशान्त तामाङले, अहिले पनि बालिकाहरू माथि कामको बहानामा खाजा घरहरूमा शारीरिक शोषण भैरहेको र बालिकाहरू अत्यन्त जोखिममा रहेको गुनासो गर्नु भयो ।

यसैगरी काठमाण्डु महानगरपालिका वडा नम्बर ३२ का सदस्य भगवान बुढाथोकीले, स्थानीय तह र संघ संस्थाहरूको सम्बन्ध सुमुधुर हुनुको साथै समन्वय सहकार्यमा राम्रो कामहरू हुँदै जानेमा विश्वास व्यक्त गर्नु भयो ।
उद्‌घाटन सत्रमा गोर्खा जिल्ला धार्चे गाउपालिका उपाध्यक्ष सुनिला गुरुङ्ग र नेपाल स्वतन्त्र होटल क्यासिनो रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरीका प्रतिनिधिहरू संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । महिलाको निम्ति महिला मञ्च नेपालले गरेको विभिन्न अभियानरत कार्यक्रमहरूको बारेमा कार्यकारी निर्देशक सृजना पुनले विस्तृत जानकारी दिनु भएको थियो ।

यसैगरी संस्थामा रहेको परियोजनाको वित्तिय खर्च बारे महिला मञ्चकी कोषाध्यक्ष विपना गुरुङ्गले प्रस्तुति गर्नु भएको थियो । संस्थाले २०८० मा काठमाण्डौ, पोखरा र इटहरीमा कार्यरत ५०७ जना श्रमिकहरूसँगै समाजिक, आर्थिक र श्रम अधिकार कार्यन्वयनको अवस्थाबारे सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणबाट आएका बुँदाहरू उपर नीतिगत बहस हुनु पर्नेमा जोड दिदैँ सबै सरोकारवालाहरूलाई समेत ध्यानाकर्षण गरेको थियो ।

हालसम्म पनि मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरू न्युनतम पारिश्रमिक समेत नपाएको , कार्यस्थल महिला मैत्रि नभएको, कामको कुनै ग्यारेन्टी नभएको , नियुक्ति पत्र जस्ता महत्वपूर्ण दस्तावेजहरु श्रमिकहरुले नपाएको सर्वेक्षणको प्रतिवेदनले देखाएको छ ।

कार्यक्रम महिलाको निम्ति महिला मञ्च नेपालकी अध्यक्ष सोनिया तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो । महिलाको निम्ति महिला मञ्च नेपाल दोहरी साझ, डान्सबार ,मसाज ,क्याविन र खाजाघरमा काम गर्ने श्रमिकहरुको मानव अधिकारको लागि वि।स २०६४ देखि काम गर्दै आइरहेको समाजिक सस्था हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस