२०८१ आश्विन ५, शनिबार
नयाँ
पछिला अपडेट

बंगलादेश लैजादै गरिएका १९ चौपाय बोकेको ट्रक दाउन्नेमा समातियो

२०८१ आश्विन ४, शुक्रबार प्रकाशित ( घण्टा अघि) १२८ पाठक संख्या

नारायण शर्मा 

कावासोती । पश्चिम नवलपरासीवाट पूर्वी नेपालको झापा हुदै बंगलादेश लैजादै गरिएका १९ चौपाय प्रहरीले दाउन्नेमा समातेको छ ।

जिल्ला प्रहरी प्रमुख नरहरी रेग्मीका अनुसार पश्चिम नवलपरासीका बिभिन्न स्थानवाट खरिद गरेर महेन्द्रराजमार्गको पूर्वी नाका झापा हुदै बंगलादेश लैजान भनेर गाडिमा ल्याइएका १५ वटा जर्सी गाई र ४ वटा गोरु शुक्रवार दिउसो दाउन्नेमा एउटा ट्रकवाट बरामद गरिएको हो ।

मिनि ट्रकमा कोचाकोच गरेर ल्याइदै गर्दा एउटा गाई र गोरु ट्रकमै मरेको पाइएको छ । माथिल्लो तहसम्म सेटिंग मिलाउदै आएको गिरोहले चौपाय ओसार पसार गर्दै आएको पाइएको छ ।

पछिल्लो तिनवर्ष यता दांग , कपिलवस्तु, रुपन्देहि र पश्चिम नवलपरासीका प्रहरी प्रमुखसंग सेटिंग मिलाएर बिभिन्न स्थानमा खरिदगरिएको चौपाय माशुको प्रयोजनकालागि पूर्वी नाका हुदै बंगलादेश लैजाने गरेको पाइएको हो ।

ट्रक र चौपाय सेहार्ने मजदुर समेत पक्राउ परेका छन । चौपाय ओसार पसारगर्ने मुख्य ठेकेदार भने सधै उम्कीने गरेका छन । दांग , कपिलवस्तु, रुपन्देहि र पश्चिम नवलपरासीवाट प्रहरीको सेटिंगमै हरेक दिन ट्रकमा चौपाय ओसारपसार गरेको आरोप लाग्दै आएको छ ।

पूर्वी नवलपरासीले गत ७ महिनाको अबधिमा १४ वटा ट्रकमा ल्याइदै गरेका चौपाय समातेर भन्सार बुझाएको छ । पश्चिम नवलपरासीमा दश कठठा भन्ने स्थानवाट ति चौपाय शुक्रवार बिहान गाडिमा राखेर लैजादै गरेको अनुसन्धानवाट खुलेको छ ।

दाउन्नेमा समातिएको चौपाय बोकेको ग प्र ०३००ख २२७० नम्बरको ट्रक प्रहरीले शुक्रवार त्रिवेणीधाम लगेको हो । त्यहाका मठमन्दिरमा रहेका गौशालामा दिन भन्दै लगिएका गाई र गोरु त्यहाका मठमन्दिरले लिन मानेनन । लोकल जातका मात्र पाल्ने गैशालाले जर्सी गाई लिन इन्कार गरेको प्रहरी चौकि त्रिवेणीका सई महेश रायमाझीले बताए ।

त्रिवेणीका मठमन्दिरले लोकल जातका मात्र लिने गरेको रायमाझीले सुनाए । मन्दिरले लिन नमानेपछि प्रहरीले स्थानिय बासिन्दालाई गाई रोजेर पाल्न घरघरमा लैजान भनेको छ ।

१२ वटा चैपाय अटने सानो मिनि गाडिमा कोचाकोच गरेर १९ वटा बोकाएका कारण गाई मर्ने त्रासले प्रहरीले त्रिवेणीधामका मठमन्दिरमा लिन भन्दै त्यहा लगिएको प्रहरीको भनाई छ । चौपाय ओसारपसारमा माथिल्लो तहसम्म पहुच भएको ठुलै गिरोह संलग्न रहेको प्रहरीको दावी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस