२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मोटरसाइकल दुर्घटना: दुई गम्भीर घाइते

२०८१ आश्विन ६, आईतबार प्रकाशित ( घण्टा अघि) २८८ पाठक संख्या

कावासोती । नवलपुरको हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ना ४८ प ९२१० नम्बरको मोटरसाइकलले सडक छेउमा बसिरहेका ३८ वर्षीय नरबहादुर ठाड र १७ वर्षीया रुपा रजालीलाई ठक्कर दिएको हो।

घाइतेलाई मध्यविन्दु जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना हुप्सेकोट गाउँपालिका – ३ घर्ति टोलमा भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस