२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस दुर्घटना : २३ जना घाइते

२०८१ आश्विन ८, मंगलबार प्रकाशित ( घण्टा अघि) २०० पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणीमा भएको बस दुर्घटनामा २३ जना घाइते भएका छन् ।

दुर्घटना आज राति करिब दुई बजे भएको हो, जब काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पीसी ३५४५ नम्बरको भारतीय बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

बसमा करिब ४५ जना यात्रु सवार थिए, जसमा अन्य यात्रु सकुशल छन् । घाइतेहरूको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस