२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा जितिया पर्वको अवसरमा सार्वजनिक बिदा

२०८१ आश्विन ८, मंगलबार प्रकाशित ( घण्टा अघि) १५२ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाले जितिया पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ।

नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले जारी गरेको सूचना अनुसार २०८१ साल असोज ९ गते बुधवारका दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरू बन्द रहनेछन्।

यस निर्णयसँगै मध्यविन्दु नगरपालिकावासीले धुमधामका साथ जितिया पर्व मनाउन पाउने भएका छन् । जितिया पर्व विशेषगरी महिलाहरूले मनाउने पर्व हो । यस पर्वमा महिलाहरूले निराहार व्रत बसेर आफ्ना छोराको दीर्घायुको कामना गर्ने गर्दछन्।

1727167884152

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस