२०८१ मंसिर ८, शनिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटका एक सय घर डुबानमा

२०८१ आश्विन १२, शनिबार प्रकाशित ( महिना अघि) २०३ पाठक संख्या

नारायण शर्मा

कावासोती  —लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढीले गैंडाकोटको सुकुम्बासी बस्ती र बोटे टोल डुबानमा परेको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार नारायणगढस्थित नारायणी नदीको पुल भन्दा पूर्व-उत्तरतर्फ रहेको बस्ती डुबानमा परेको हो । त्यहाँका करिब एक सय घरपरिवार डुबानमा परेको छ । वडा नम्बर २ स्थित नदी किनारका घर डुबेका हुन् ।

प्रहरीले डुबान क्षेत्रमा उद्धारका लागि डुंगा र स्काभेटरको प्रयोग गरिरहेको जनाएको छ । डुबानमा परेका बस्तीका स्थानीयलाई उद्धार गरेर नजिकैको स्कुलमा लगिने प्रहरीले जनाएको छ ।

लगातारको झरीले शनिबार बिहानबाट नारायणी नदीमा पानीको सतह ह्वावात्तै बढेको छ । नदी किनारका बासिन्दालाई सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस