२०८१ मंसिर ८, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा बाढीले घरमै फसेका ५ जनाको परिवार उद्धार

२०८१ आश्विन १२, शनिबार प्रकाशित ( महिना अघि) ३९५ पाठक संख्या

नारायण शर्मा

चोरमारा । मध्यबिन्दु नगरपालिकाको जमिनिभारमा चारैतिर बाढीले डुबेर फसेको एउटा ५ जनाको परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेर बाहिर निकालेका छन् ।

कच्ची घरको चारैतिर पानी भरिएर फसेपछि ५० वर्षिय डिल्लीराम कुमालले प्रहरीलाई खबर गरेका थिए । मध्यबिन्दु नगरपालिका वडा नम्बर १२ स्थित कच्ची घरबाट बाहिर निस्कन नसकेको अवस्थामा पुगेको चोरमाराको शशस्त्र प्रहरीले डुंगा लगेर उद्धार गरेको हो ।

स्थानिय तिर्थ डुम्रेका अनुसार उनीहरु सबैलाई डुंगाबाट निकालेर सुरक्षित स्थानमा राखिएको छ । पूर्वी नवलपरासीको विभिन्न स्थानमा बाढीमा फसेकाहरुलाई हात्तीखोरमा रहेको वन तथा पर्यावरण गणका सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । शनिवार दिउँसो गैंडाकोटमा फसेका ७७ जनालाई उद्धार गरेर सेनाले बाहिर निकालेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस