२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा चाड पर्वमा स्वास्थ्य र सुरक्षा सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न

२०८१ आश्विन १४, सोमबार प्रकाशित ( हफ्ता अघि) १२६ पाठक संख्या

कावासोती । चाडपर्वमा स्वास्थ्य र सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार कावासोतीमा सम्पन्न भएको छ । सायरा मिडिया एन्ड ईभेण्ट्स प्रालिको आयोजना र स्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा आयोजित सो कार्यक्रममा बोल्ने बक्ताहरुले चाडपर्ब मनाउने नाममा अस्वस्थकर आहार व्यबहार गर्न नहुने सुझाब दिएका छन् ।

उनिहरुले नेपालीहरुको महान् चाड पर्व नजिकिंदै गरेको सन्दर्भमा खानपिनमा ध्यान पुर्‍याउन आग्रह गरें । बक्ताहरुले चाड पर्वको बेलामा सुरक्षा खतरा बढ्ने भन्दै त्यस तर्फ सचेत रहन आग्रह गरेका छन् ।

Messenger_creation_DCD145F2 735E 448D A57E D9F0CECBB003
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी निरिक्षक भानु शर्माले सुरक्षा चुनौती र योजनाका बारेमा आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

यसै गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरिक्षक बिदुर खत्रीले सडक सुरक्षा , स्वास्थ्य कार्यालय नवलपुरका जनस्वास्थ्य अधिकृत छबिलाल सुबेदीले स्वास्थ्य सुरक्षा र ल्याब टेक्निसिएन डिल्लिराम तिवारीले डेंगु रोगका बारेमा आफ्नो प्रस्तुति दिनु भएको थियो ।

Messenger_creation_816291F5 7ACD 4970 8562 96F18AB27891

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिब महेन्द्र प्रसाद पोखरेल , नेकपा एमालेका जिल्ला सचिब भिम कन्डेल , शैक्षिक ब्यक्तित्व एबम् सिदार्थ आबासिय माबीका प्राचार्य भोजराज दाहाल , होटल व्यावसायि संघ नवलपुरका अध्यक्ष सन्तोष राना लगायतले आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Messenger_creation_EBD7C755 AE70 4FC4 A1A5 2DEAC757C328

सायरा मिडिया एन्ड ईभेन्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक , टोलसुधार समितिका प्रतिनिधि , जनप्रतिनिधि , सहकारी सस्थाका प्रतिनिधि , युवा तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस