२०८१ मंसिर ७, शुक्रबार
नयाँ
पछिला अपडेट

दाउन्ने सडक आज रातभर बन्द गरिने

२०८१ आश्विन १५, मंगलबार प्रकाशित ( महिना अघि) ३०७ पाठक संख्या

कावासोती । पुर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड मंगलबार रातभर बन्द गरिने भएको छ ।

पहिरोले भत्किएको सडक मर्मत गर्न रातभर यातायात सञ्चालनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी ( प्रजिअ ) स्किम श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार सडकको रिर्टेनिङ वाल भत्किएर सडक ४०० मिटर भासिएको छ । ‘सडक भासिँदा हाइटेन्सन टावरसमेत ढलेको छ,’ प्रजिअ श्रेष्ठले भनिन्, ‘सडक मर्मतगरी सहज रूपमा यातायात सञ्चालनमा ल्याउन भदौं १५ गते राति १० बजेदेखि १६ गते बिहान ५ बजेसम्म बर्दघाट बजारदेखि पूर्वी सिमाक्षेत्र दाउन्नेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’

अहिले मर्मत भएर एकतर्फी सञ्चालनमा आए पनि ठूलो पानी परेको अवस्थामा सडक भत्किने अवस्था छ । त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सडक बन्द गरेर काम गर्न लागिएको प्रजिअ श्रेष्ठले बताइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस