२०८१ मंसिर ७, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा नवरात्र: धार्मिक प्रवचन, भजन र कीर्तनका कार्यक्रमहरू

२०८१ आश्विन १६, बुधबार प्रकाशित ( महिना अघि) ४५४ पाठक संख्या

कोल्हुवा । मध्यविन्दु नगरपालिका – २ कोल्हुवामा नवदुर्गा भवानीको विजय उत्सव र दिव्य नवरात्री ब्रतमहोत्सव भव्य रुपमा मनाउने तयारी भइरहेको छ।

असोज १७ गतेदेखि असोज २५ गतेसम्म चल्ने यस महोत्सवमा धार्मिक प्रवचन, भजन, झाँक्री, कीर्तन, सामुहिक रुद्री, ग्रहजप लगायतका कार्यक्रमहरू आयोजना गरिनेछ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरस्वती पन्थीका अनुसार, यस महोत्सवमा श्रीमद्देवी भागवत महापुराण ( शक्ति कथा ) पनि बाचन गरिनेछ । यस दुर्गा भवानी मन्दिरको भौतिक विकासका लागि दिग्दर्शन वाचक शिरोमणि प.दिपक सापकोटाज्युको मुखारविन्दबाट संगीतमय शैलीमा बाचन हुने र पूजा अवधिभर धार्मिक प्रवचन र भक्तिसंगीत गरिनेछ ।

यस महोत्सवमा वेद चण्डी, रुद्री, सन्ध्याकालिन पूजा, चण्डी पाठ, नव दुर्गा पूजा, फूलटिका, भागवत महापुराण बाचन, र राती ८ बजेदेखि १२ बजेसम्म भजन, झाँक्री र कीर्तन लगायतका कार्यक्रमहरू नियमित रुपमा सञ्चालन हुनेछन् ।

दशैं ( नवरात्र ) हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी मनाउने तयारी गरिएको छ । मन्दिरको भौतिक संरचना निर्माणको लागि सहयोग पुर्याउन यस नवरात्री ब्रतमहोत्सव भव्य रुपमा सञ्चालन गर्ने तयारी गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस