चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाटमा चकु प्रहारबाट एकजना घाइते भएका छन् ।
मैनाघाटका ५१ वर्षीय भुपराज अर्यालले मादक पदार्थ सेवन गरी श्रीमती वसन्ती अर्यालसँग झगडा गर्दा आफैले आफूलाई चक्कु प्रहार गरेर घाइते भएका हुन्।
उनको पेटमा चक्कु लागेको र नगर अस्पताल चोरमारामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको पेटमा ७ वटा टाँका लगाइएको छ र अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।