२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जिपले स्कुटीलाई ठक्कर, चालक गम्भीर घाइते

२०८१ आश्विन २५, शुक्रबार प्रकाशित ( दिन अघि) १५०३ पाठक संख्या

कावासोती । नवलपुर जिल्लामा हालै भएका तीन सवारी दुर्घटनामा विभिन्न व्यक्तिहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

गैडाकोट नगरपालिका ९ अमरापुरीचोकमा जिपले स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक नारायण सापकोटा गम्भीर घाइते भएका छन्। उनको उपचार नयाँ मेडिकल कलेज चितवनमा भइरहेको छ । ठक्कर दिने जिप र चालक प्रहरी नियन्त्रणमा छन् ।

गैडाकोट १६ अमरापुरी चोकमा मोटरसाइकलले साइकल यात्री बालकृष्ण अधिकारीलाई ठक्कर दिँदा उनी घाइते भएका छन्। उनको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ। ठक्कर दिने मोटरसाइकल र चालक फरार छन् ।

विनयी त्रिवेणी ५ देउरालीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक संजय चौधरी घाइते भएका छन्। उनको उपचार लुम्बिनी मेडिकल हलमा सामान्य उपचार पश्चात पथ उपचार भरतपुरमा भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस