२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरका पोख्रेलको दुःखद निधन: स्थानीयमा शोक

२०८१ आश्विन २८, सोमबार प्रकाशित ( दिन अघि) ५९८६ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोटका एक पुरुषको नदीमा नुहाउने क्रममा मृत्यु भएको छ ।

नवलपुरको गैँडाकोट नगरपालिका- २ का ४० वर्षीय नारायण पोख्रेलको नदीमा नुहाउने क्रममा मृत्यु भएको हो ।

हिजो बिहान पोख्रेललाई तनहुँको व्यास – ६ श्याम्घास्थित मादी नदीले बगाएको थियो र एक किलोमिटर तल उनको शव फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ ।

पोख्रेल , दशैंको अवसरमा ससुरालीमा आएका थिए । दसैँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो। घटनाले स्थानीय समुदायमा दुःखको शोक परेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१६%१%१%३४%४%

प्रतिक्रिया दिनुहोस