२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा सवारी दुर्घटना: प्रहरी हवल्दारको मृत्यु

२०८१ आश्विन २८, सोमबार प्रकाशित ( दिन अघि) २७४८ पाठक संख्या

कावासोती । नवलपरासीको सुक्रौलीमा सोमबार साँझ भएको एक सवारी दुर्घटनामा नेपाल प्रहरीका हवल्दार चुरामणी भट्टराईको मृत्यु भएको छ।

रामग्राम नगरपालिका, १५ सुक्रौलीस्थित हुलाकी सडकमा ना ५ ख २२५५ नम्बरको ट्रकले लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक भट्टराई घाइते भएपछि उपचारको क्रममा निधन भएका हुन् । दुर्घटनापछि स्थानीयले हुलाकी सडकमा नाराबाजी गर्दै केही समयका लागि सडक अवरुद्ध गरे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%८%३२%४%

प्रतिक्रिया दिनुहोस