२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा डेंगु संक्रमितको संख्या २३१ पुग्यो, एक जनाको मृत्यु

२०८१ आश्विन ३०, बुधबार प्रकाशित ( दिन अघि) ३६४ पाठक संख्या

कावासोती । नवलपुरमा डेंगु संक्रमितको संख्या लगातार बढिरहेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार, अहिलेसम्म २ सय ३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ, जसमा १ जनाको मृत्यु पनि भएको छ । यो तथ्यांकले जनस्वास्थ्यमा गम्भीर चिन्ता उत्पन्न गरेको छ ।

नवलपुरको गैडाकोटमा सबैभन्दा बढी ८१ जनामा डेंगु संक्रमण देखिएको छ । अन्य क्षेत्रहरूमा पनि संक्रमण फैलिरहेको छ । कावासोतीमा ४०, देवचुलीमा ४७, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २३, हुप्सेकोटमा १७ र बुलिङ्गटार गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन डिल्लीराम तिवारीका अनुसार, कात्तिक महिनासम्म डेंगु संक्रमणको जोखिम अझै बढ्न सक्नेछ । यसै क्रममा, नवलपुरको पहाडी क्षेत्र बौदिकाली गाउँपालिकामा पनि एक जनामा डेंगु संक्रमण देखिएको छ । यो क्षेत्र तराईभन्दा पातलो वस्ती र चिसो मानिन्छ, तर यहाँ पनि डेंगु संक्रमित भेटिएपछि स्वास्थ्य विशेषज्ञहरूले विशेष सतर्कता अपनाउन सुझाव दिएका छन्।

हालैका केहि दिनमा चिसो मौसम बढ्दै गएको भए पनि नवलपुरमा डेंगु संक्रमण रोकिएको छैन । यसैले, स्वास्थ्य कार्यालयले जनतालाई नियमित स्वास्थ्य परीक्षण गराउन र डेंगुको लक्षणहरू देखिएमा चाँडै स्वास्थ्य सेवामा जान सुझाव दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस