२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भिटामिन ए र जुकाको औषधि वितरण कार्यक्रम

२०८१ कार्तिक २, शुक्रबार प्रकाशित ( घण्टा अघि) ९५ पाठक संख्या

कावासोती । नवलपुरका २५ हजार ६ सय बालबालिकालाई कार्तिक २ र ३ गते भिटामिन ए औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।

आजबाट सुरु भएको कार्यक्रममा ६ महिनादेखि पाँचवर्ष सम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको हो।

स्वास्थ्य कार्यालय नवलपुरका सूचना अधिकृत छविलाल सुवेदीका अनुसार, जिल्लामा २३ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारित गरिएको छ ।

विशेषगरी, ६ महिनादेखि २ वर्षसम्मका नखाएका बालबालिकालाई बालभिटा पनि खुवाइने जानकारी दिनुभएको छ । जिल्लामा कार्यक्रम सुचारू गर्न ३ सय ५९ जना महिला स्वास्थ्य स्वयंसेविका संलग्न छन् ।

स्वास्थ्य कार्यालयका अनुसार, आज ६० प्रतिशत बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइएको छ, र बाँकी ४० प्रतिशतलाई भोलि खुवाउनेछ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ’ए’ खुवाउन थालिएको हो । हरेक वर्ष भिटामिन ’ए’ खुवाउने कार्यक्रममा २७ लाख तीन हजार पाँच सय २२ बालबालिका सहभागी हुने गरेका छन् ।

जुकाको औषधि २०५८ सालदेखि हरेक वर्ष दुई पटक खुवाउने गरिएको छ ।  यस्तै पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २ वर्ष भित्रका   बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस