२०८१ कार्तिक ३, शनिबार
नयाँ
पछिला अपडेट

सातौं अन्तरराष्ट्रिय आमन्त्रित राइनो गोल्ड कप सुरु

२०८१ कार्तिक ३, शनिबार प्रकाशित ( घण्टा अघि) १६४ पाठक संख्या

कोल्हुवा । दुर्लभ एकसिङ्गे गैंडा संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले नवलपुरको कोल्हुवामा आजदेखि सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

राइनो रङ्गशालामा हुने यस प्रतियोगितामा ए डिभिजनका तीन वटासहित भारतीय टिमका १२ क्लब सहभागी हुनेछन् । राइनो क्लबका अध्यक्ष दोमन भण्डारीका अनुसार, खेलकुदको माध्यमबाट वन, वन्यजन्तु र वातावरण संरक्षणमा युवामाझ चेतना विकास गर्ने उद्देश्य राखिएको छ ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गर्नेछन् । उद्घाटन खेलमा हनामी क्लब र देशभक्त फुटबल क्लब भिड्नेछन् ।

प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्नेछ र विजेताले रु आठ लाख पुरस्कार तथा विभिन्न व्यक्तिगत पुरस्कारहरूको व्यवस्था गरिएको छ । प्रतियोगिता २०७० सालदेखि सञ्चालन हुँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस