२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा प्रहरीले १८ लाखको अवैध बदाम र केराउ बरामद

२०८१ कार्तिक ६, मंगलबार प्रकाशित ( घण्टा अघि) ३० पाठक संख्या

कावासोती । नवलपुरमा प्रहरीले अवैध रूपमा भित्र्याइएका बदाम र केराउ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार फलफुल चोकमा सवारी साधन चेकजाँच गर्दा पूर्व तर्फ आउँदै गरेको ट्रकमा राजश्व छलि गरी ल्याइँदै गरेको १६० बोरा केराउ र १५० बोरा बदाम बरामद गरिएको हो।

केराउको २५ केजी दरमा १६० बोरा र बदामको ४० केजी दरमा १५० बोरा समेटेर कुल मूल्य रु १८,४०,०००।– का बराबरको सामग्री बरामद भएको छ ।

प्रहरीले ट्रक सहित सामग्रीलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाएको जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस